लोकतन्त्र यस्तै हुन्छ - व्यंग कविता !!
र पछि थाहा पाएँ मैले, यो देशको नाम त,
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल पो रहेछ ।
अपराधपछी पनि अपराधी यहाँ खुलेआम डुल्छन्
चुनाबपछी जनता को हुन नेताले भुल्छन्
सबलाई आ-आफ्नै पिर छ यहाँ
दुनियाँको बारे कस्ले पो सोच्छ ?
राजा नभएको देश हो यो, जहाँ जनताकै शासन चल्छ ।
अनि,
अत्याचार नेता गर्छन र शोषण जनतामाथी हुन्छ ।
हुन त त्यहि देशको नागरिक हुँ म
जहाँ,
धनिको सन्तान हरक्षण भुँडी भर्छ
अनि गरिबको बच्चा भोकभोकै मर्छ ।
समानताको नाममा यहाँ टुप्पैबाट भेदभाब भा'छ
र मैले बुझेअनुसार सायद, लोकतान्त्र यस्तै हुन्छ ।।
राजा हटाएर स्वतन्त्रता दिएँ भन्दै
भुक्दैछन् केही ब्यक्तिहरु
तर भेडे जनतालाई के था
यहाँ स्वतन्त्रताको नाममा देश चोरी भा'छ ।
झगडा पर्छ नेता नेताकै बिच
खै के-के कुरामा सभासदमा
जहाँ कुरा मिलेपछी देश बेच्ने सहमती हुन्छ ।
खान पाए पुग्ने नेपालीहरु, खानेकुरा पाए मक्खै पर्छन्,
उता माथितिर बस्नेहरु पनि खान दिएझै गर्छन् ।
हुन त त्यै देशको नागरिक हुँ म, जहाँ
कुराले मक्खै बनाउन सके
जनताले उस्लाई रास्ट्रपति मान्छन् ।
भन्न त नहुने हो मैले,
चोर लुटेरा र बलत्कारी खुलेआम सहरमा डुल्छन्
प्रहरीपनी तिन्लाई खोज्देझै गर्छन ।
नानाथरी भन्दै गरिब जनताको खल्ती लुटपात भा'छ
देश लुट्ने लुटेराले पनि बाहिर अर्कै मुकुण्डो ला'छ
अनि
धनी, धनिनै हुँदै गा'छ, र गरिबको बाँस छाप्रोमै भा'छ
र मैले बुझेअनुसार सायद, लोकतन्त्र यस्तै हुन्छ ।
हरेक टोलमा एउटा सरकारी चोर हुन्छ,
प्रत्यकको घरअघि डंगुर फोहोर हुन्छ,
यहाँ आवाज उठाउनेलाई जेल हुन्छ,
अनि सच्चा खेल चुपचाप बस्नेले खेल्छ ।
स्वतन्त्रताकै नाममा यहाँ बोल्न पनि छुट छैन
र पछि थाहा पाएँ मैले, यो देशको नाम त,
"सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल" पो रहेछ ।
बिकासका लागी आएको पैसा,
आधि चाहिँ खल्तिमा जान्छ
जहाँ ऋण खोजिखोजी ब्यबसाय गर्ने,
कर नतिरेको आधारमा जेल पर्छ
अनि
पैसा खानेवाला आधारातमा बार धाउँछ ।
हुन त म त्यै देशको नागरिक हुँ
जहाँ,
राष्ट्रबादको बिषयमा बिध्यालयमा पढिन्छ
अनि राष्ट्रघाती त्यहिबाट भोगिन्छ ।
राजा हटाइएको देश हो यो जहाँ
करोडौंमध्य लाख पैसा पुर्वाधारमा जान्छ
अनि बाँकी चाहिँ मिलेर बाढिन्छ ।
पारदर्शीताको नाममा यहाँ
कालो धन रातारात साटिन्छ
र मैले बुझेअनुसार सायद, लोकतन्त्र यस्तै हुन्छ ।
धर्म निरिपेक्षताको नियम आ'छ
फेरि कोहि चाहिँ हिन्दु राष्ट्रको नारा गाउँछन् ।
यो देशमा त अरु धर्म मान्नेपनी बस्छन्
किन फेरि मान्छे एकलकाटे बन्छन् ?
गौतम बुद्ध चाहिँ जन्मे यहिँ
अनि बुद्ध धर्म विश्वभर मानिन्छ
तर उनकै देशमा उनको धर्म नकारिन्छ ।
फेरि बुद्ध भारतमा जन्मे भन्दा
किन बिनासित्ती युद्ध गराउनु ?
ल! त्यसोभए नेपाललाई बुद्धिस्ट राष्ट्र बनाउ
बुद्धको राष्ट्र हुनुमा गर्भ गराउ ।
हुनत म त्यै देशको नागरिक हुँ , जहाँ
सगरमाथा पर्छ र अटलताको परिचय पाइन्छ
तर रातारात देश, व्यक्ति व्यक्तिलाई बाढिन्छ ।
अनेकतामा एकता त छ भन्छौँ हामी,
तर यो त्यही देश हो जहाँ एकता बारम्बार टुटाईन्छ ।
राजा नभएको देश हो यो, जहाँ
भोट दिई नेता चुनिन्छ तर
जितेपछी त्यो नेता फर्की आउँदैन ।
गाउँठाउको विकास गर्छु भन्छन तर
आफ्नै भँडी विकास गर्छन् ।
भन्न त नहुने हो मैले,
यहाँ त भोट पनि नोटमा किनिन्छ
र राम्रा भन्दा पनि हाम्रा छानिन्छन ।
देश विकासका नाममा, आफ्नै विकास गर्छन
जनताको रगत चुसी, परिवार आफ्नो पोस्छन ।
कहिले धर्मको नाममा त कहिले कर्मको नाममा,
बारम्बार युद्ध यहाँ हुन्छ
जनताको लडाई जनतासँगै गराई,
उता ठुलाबढा रमिता हेर्दै बस्छ
र मैले बुझेअनुसार सायद, लोकतन्त्र यस्तै हुन्छ ।
कालोधन राख्नेलाई फासि चढाउ
बिकट ठाउमा गई विकास गराउ
आ-आफ्नो खल्ती भर्नछाडी अब,
राष्ट्रको भकारी वृद्दी गराउ ।
शिक्षा-दीक्षा यो देशमा सित्तै दिलाउ
बिपक्षिबिचपनी सहमती गराउ
र सयौं पार्टी हुनुभन्दा पनि एउटै पार्टिको नीति लेराउ
अनि फेर्ला नि यो देशको मुहार
तब जनतालाई विकासको आशा देखाउ ।
भिकारिझै भोट माग्नुअघी तिमी,
दानिझै विकास बाडेर देखाउ ।
आफ्नोबारे सोच्नुअगी जनताको बारे सोच
परिवार भन्दा ठूलो, राष्ट्र हो यो जान ।
ठिक छ, परिवार आफ्नो पाल
तर राष्ट्रघाती छाड ।
जनतालाई यो देशको नागरिक हुनुमा गर्भ गराउ ।
मिचिएको देशको जमीन फिर्ता लेराउ
लुटेराहरुलाई फाँसी चढाउ
सभासदमा झगडा हैन, छलफल गर
र अब साच्चै देशको, बिकास गर ।
अनि यो कुरा मान,
अब नेपाललाई साच्चै
स्वतन्त्र लोकतान्त्रिक राष्ट्र बनाउ ।
0 Comments