साथी - Kawita



अस्पतालको सैँयामा,

जीवनको अन्तिम सासहरुको खाबो हालिरहँदा,
जब भरोसाको टेकोहरु खोज्छु,
तब तेरो याद आउँछ साथी
मेरो अलिकति रहेको सासको खाबोमा,
ढुकढुकीको टेको बन्छस नि है ? 

म एकममुट्ठी जीवनको लागि संघर्ष गरिरहँदा,
अध्यारो कोठाको सानो चेपबाट
घामको प्रकाश कोठामा आए जस्तै,
मैले मृत्युलाई जित्छु कि भन्ने पर्खाईमा बसेको तँ
मदनको पर्खाईमा बसेकी मुनाजस्तै लाग्छ  साथी 

आफ्नी  छोरीलाई बिहेको दिन डोलीमा राखेर
बिदाई गर्दा कापेका बाबुआमाको हाताजस्तै
मलाई यस धर्तीबाट बिदा गर्दा
तेरो त्यो हात चाहिँ नकामोस है साथी 

म त अब चाँडै
भगवानको प्यारो हुनेछु
घरका भित्तामा सदाका लागि सजिनेछु
बाल्यकालमा पौडी खेल्न जान तैले बोलाउन आउँदा,
जसरी म मुस्कुराउँथे
हो, त्यसरी नै आकाशको तारा बनि मुस्कुराउने छु
भित्तामा सजाईएको तस्बिरबाट मुस्कुराउने छु ।। 

त्यो भित्तामा सजाईएको तस्बिरलाई हेर्दा
म बोलिन भनेर कहिल्यै नरिसाएस् है साथी
भन्छन् नि, मरेपछि स्वोर्गमा पुगिन्छ,
म पनि स्वर्गमा पुग्नेछु
बिधुवा आमाजस्तै तँ पनि एक्लो हुनेछस्
म हराए भनेर कहिल्यै नरुनुहै साथी 

बाल्यकालमा खेलेको लुकिडुमजस्तै
म सबैबाट टाढा लुकिरहेको छु 

र तँ डुम भएको छस, मलाई खोज्दै छस्
कसरी भनु कि, म तैले र मैले बनाएको यादहरुको दरबारभित्र
खरानी बनि लुकेको छु


आजकल म साहारा मरुभूमिजस्तै भएको छु
सुनसान र स्तब्ध,
एक्लो र सहाराविहीन
मसंग हासखेल गर्न, धर्तीबाट छिटो अईजो न साथी
यहाँ त, दुखको गाँस घाटीमा अड्किँदा,
एक गिलास पानि दिने पनि कोहि भएन साथी,
मसँगै खुशीको हवाइजहाजमा चढेर
रमाउने कोहि भएन साथी 

सबै हुँदाहुँदै पनि त्यहाँ म बिना टुहुरिएको तँ
र कोहि नभएर यहाँ स्वोर्गमा अपाङिएको म
आमा नभएको परिवारजस्तै अपूर्ण भएका छौँ
त्यसैले तँ मेरो सहाराको बैसाखी बन्नु
म तेरो सुखादुखाको सारथी बनेर
एक-अर्काको परिपुरक बन्नुपर्छ साथी,
त्यसैले त यहा झट्टै अईजो मेरो साथी

0 Comments