म देशद्रोही - Ma Deshdrohi - Poem by Ujjwal Timalsina

 म देशद्रोही         

Ma Deshdrohi Poem by Ujjwal Timalsina

मैले देशका लागि के गरेँ ?

कैले यो भएन भनेँ,

कैले त्यो भएन भनेँ ,

कैले उसको काम भएन भनेँ

कैले एस्को काम भएन भनेँ ।

तर आफुले केही गरिनँ 

त्यसैले हो  म देशद्रोही हुँ ।।


मैले नेताको कामको बिरोध गरेँ

मन्त्रीको नामको बिरोध गरेँ । 

देश बिकास भर्न भनेर आवाज उठाएँ,

तर खै देशका लागि मैले के गरेँ ? 

त्यसैले म देशद्रोही हुँ ।।


मेरो देश सगरमाथाको देश भनेर शिर ठडाएँ,

गौतम बुद्धको देश भनेर छाती फुलाएँ । 

मेरो पुर्खाको काम सम्झी नाक पनि फुलाएँ 

तर खै मैले चाहिँ देशका लागि के गरेँ ? 

हो त्यसैले  म देशद्रोही हुँ ।।


पृथ्वीनारायण शाहले सिङ्गो बनाएको यो  देश,

नेपाल भनेर सबैलाइ सुनाएँ ।

तर आफ्नै देश छिमेकिले टुक्राटुक्रा पार्दा पनि सुइक्क गरिनँ

अँह ! मैले सिन्को भाँचिन 

केबल गोर्खेको देश भनिबसेँ 

त्यसैले हो म देशद्रोही हुँ ।।

By: Ujjwal Timalsina




0 Comments