फुर्सद कस्लाई?

फुर्सद कस्लाई?

बिहान उठ्नेबित्तिकै चार्जमा भएको मोबाइल निकालेर सिरकले मुख छोपेर फेसबुक खोलेर औँलाले 'लाइक' को बटम थिच्ने पल्लो घरको भाइ, पत्रिकावाला दाइले गेटको घन्टी बजाएपछी जारकजुरुक उठेर पत्रीका लिन गयो। हत्तपत्त राशिफल पल्टाएर आफ्नो राशि हेरेपछी अर्को पाना नापल्टाई पत्रिका त्यहीँ फालिदियो । राशिफलको छेउमै भएको उसैले बिध्यालयमा स्थारिय प्रतियोगितामा बनाएर प्रथम पुरस्कार प्राप्त गरेर छापिएको आफ्नै चित्र हेर्नभने भ्याएन । त्यही दिन प्रकाशित कोपिलाको अन्तिम पन्नामा छापिएको मेरो लेख,"मैले देखेको नेपाल" सम्म त उसले आँखा पनि पुर्याएन । बिचरा, हुन पनि हेरोस कसरी ? हत्तपत्त कोठामा पुगेर उ मोबाइल उठाउदै आफ्नो मित्रलाई म्यासेज गर्न भने पछि हटेन । हुनपनी, इन्टरनेट र प्रबिधिको युगमा मोबाइलभित्रै हराइसकेको बिचरालाई फुर्सद नै कहाँ छ र अन्त आखा डुलाउने?

                   

जमाना परिबर्तन भैसक्यो । अब पढाइ पनि कम्प्युटर र मोबाइलबाटै हुन्छ । पत्रीका पनि ईन्टरनेटमै भेटिन्छ । तरपनी मान्छेलाई राम्रो कुरा लिने फुर्सद कहाँ? सामाजिक संजालले दुनियाँ लुटिसक्यो, फेसबुकमै मान्छे २४ घण्टा ब्यस्त रहन्छ । आईटम आइटमका फोटो खिचेर नानाथरी हाल्न सक्ने मन्छे, विभिन्न जानकारी फेसबुकबाटै लिन भने सक्दैन । फेसबुकमै हालिएका जानकारिमुलक र सुचना दिने लिन्कमा गएर पढ्न भने सक्दैन तर त्यही ब्यक्ती नानाथरिका फेसबुक पेजमा भएका यसको लभ पर्छ र उसको लभ पर्छ, फलानोबाट नाम आउने ब्यक्तिले आज पैसा भेट्ने यसलाई मेन्सन गर्नुस्, उसलाई मेन्सन गर्नुस् भन्ने पोस्ट सेएर गर्न र कमेन्ट गर्न भने सक्छ । नयाँ जमानाको Musically मा भिडियो बनाएर हाल्ने फुर्सद छ । तर समाचार पढ्ने, हेर्ने र सुन्ने फुर्सद भने छैन । देश बनेन भनेर भन्ने मान्छेहरुलाइ देशको स्तिथी बुझ्ने फुर्सद भने छैन । फेसबुकमै भेटिने सहि र महत्वपूर्ण समाचार र सूचनाहरु भने पढ्न नभ्याउने मान्छे साईबर झगडा गर्न भने फेसबुकको कमेन्टमा ग्याङ नै भेला हुन्छन् । नानाथरिको फेसबुक ग्रुपमा कमेन्ट गर्न र सेएर गर्न भने पछि हट्दैनन ।कतिपय मानिसहरु आफ्ना लेख र काविता अनि रचनाहरु फेसबुकमै हाल्ने गर्छन् । तर प्रयोगकर्ताहरु अगाडिको पहिलो लाइन हेर्दै छोड्दिन्छन् । जोक्स, मिम  र फोटोहरु हेर्दै पल्किएका तिनलाई अरुको कला बुझ्ने फुर्सद कहाँ? 

फोटो हल्दा दुई सेकेन्डमै कमेन्ट र लाइक गर्नेहरु, महत्त्वपूर्ण सुचनामाभने आखै पुर्यौदैनन् । त्यो सुचना पढ्ने फुर्सद कसलाइ ? स्कुल पढ्ने बिध्यार्थिहरु १० बजेदेखी ४ बजेसम्म स्कुलमै रहन्छन् । घर आएपछी मोबाईल लिएर बस्छन् अनि रातीसम्म मोबाइल चलाउछन् र त्यतिकै निदाउँछन् । तर पढ्ने फुर्सद ती बिध्यार्थिलाई कहाँ? आफ्ना प्रेमी र प्रेमिकासँग घन्टौसम्म फोनमा कुरा गर्न सक्ने ती जोडिहरु, आफ्नै आमाबुबालाई हालखबर सोध्न समेत  फोन गर्न भने सक्दैनन् । साँच्चै, फुर्सद चाहिँ कसलाई छ ति गाला चाउरी परेका बाबुआमालाई सम्झिने? अब त साथि पनि फेसबुकमै सिमित भैसके । सँगै भेट्दापनि Clash Of Clans, PUBG र Freefire खेल्ने उनिहरु, एक-अर्काको अनुहार पनि हेर्दैनन् । मोबाइल हेर्दा हेर्दै आँखा बिग्रीन्छ तरपनी मोबाइल हेर्न छोड्दैनन । साथि सँगबोल्ने फुर्सद कसलाई? के अब साथिपनी मोबाईलभित्र मात्रै सिमित भएका हुन त ? बिध्यालयभित्र रहुन्जेल किताब र पाठ्यक्रम पढेर बस्ने बिध्यार्थिलाई त्यो बुझ्ने र बोध हाँसिल गर्ने फुर्सद कहाँ ? जो घर पुगेर किताब समाउनुभन्दा पहिले मोबाईल समाउछन् ।

बाहिरको कुरा गरेर टाउको दुखाउने मेरो मन छैन अनि इच्छा पनि । भित्रकै कुरा गरुं, म प्रायजसो म आफ्ना लेख, रचना अनि कविताहरु इन्टरनेटमा राख्ने गर्छु । मेरा घरका सबै मन्छेले इन्टरनेट चलाउँछन् । इन्टरनेटकै लागि महिनामा हजारौ रुपैया खर्च हुन्छ । काम र व्यस्तताबाट बचेको केहि समय उनीहरु टिकटका हेर्दै बिताउछन् तरपनि म मा अनि मजस्ता कयौको कलाकारितामा झुक्किएर पनि आखा पुर्यौदैनन् । हुनपनी, आफ्नै दुनियाँभित्र हराउन नसकेका ती मेरा परिवारका सदस्यलाई मेरो दुनियाँमा हराउने फुर्सद कहाँ?

कहिल्यै पनि अरुको कला नबुझ्ने यी मानिसहरु आफ्नो कला भने दुनियाँ भरका मान्छेले हेर्दे हुन्थ्यो भन्नेआशा राख्छन् । अब अरुको हेर्न फुर्सद नहुने ती मनिसहरु अरुको फुर्सदको किन चासो राख्दैछन ?

To Be Continued....................

0 Comments