बिशेष हुँदैन

बिशेष हुँदैन


हुँदैन हरकोही कसैका लागि बिशेष हुँदैन
कोहि हुन्छन भएर पनि, देखाउन मनले मान्दैन ।
भएर के काम ती हरकोहिको जब साथ पाईदैन
हुनत भएका पनि आउने र जानेको ठिगान हुँदैन ।।

अपुर्ण व्यक्ती छेउछाउ आए, सानातिना कुरा पुर्ती गराए
पुर्ण ती ब्यक्ती टाढै रमाए अरु केहि हैन फुर्ती लगाए ।
भएर पनि हुनुको भाब नआएपछि मलाई
के पाएँ मैले दुनियाको अघि ठुल्ठुलो स्वरमा कराई ?

भएन हरकोही मेरा लागि विशेष भएन
जो भए हुनेले पनि कुरा, मनको यो सुनेन ।
उसलाई यो मनभित्र अझै राखेको छु सजाई
उस्का लागि म को हुँ भन्ने, के मत्लब भो मलाई ?

0 Comments