झरी

The Ballad of Nepali Politics

झरी

यो झरिको चिसो मौसममा तिम्रो न्यानो साथ त पाउन सकिन
तर केवल तिम्रा न्यानो यादहरु सम्झेर
न्यानोपनको कल्पना गरिरहेको छु ।
चट्याङ परे झै भको छ जिन्दगी
खै कति खेर अन्ते हुन्छ पत्तो छैन
तिमी साथमा न हुदा पनि
किन सङै छौ जस्तो आभास हुन्छ मलाई ?
तिमिले माया मारे पनि
तिम्रा तस्बिरहरुले हरेकपल छुन्छ मलाई
कस्तो होला त्यो दिन जब सबै दु:ख पिडा बिर्सेर तिम्रो अंगालोमा
कस्सिएर तिमिलाई अंगालो हाल्दै माया साटेको दिन?
हावा हुरि, बतास, चट्याङ सबैलाई नकार्दै हामी रुझेको दिन।
यो झरी अनि तिमी

झरी पर्न साथ यो मुटुले तिमिलाई सम्झन्छ
तिमिसँग बिताएका ती दिनहरुको अवगत गराउँछ।
झरिले धर्तीलाई चिस्याए झै तिम्रो यादले मेरो मुटु चिस्याउछ ।

बर्खाको भेल झै भयो हाम्रो माया
एक पटक ह्यातै आयो अनि सबै पखालेर गयो ।
अहिले बगर बनी बसिरहेको छु म
तिमी त त्यही भेलमा मिसिएए टाढा भयौ ।
परिरहने त्यो झरिमा रुझ्न मन पराउने तिमी
आज त्यो झरी एक्लै बर्षि रहेको छ
सधै दुई जानालाई भिजाउने त्यो झरी
आज एकलाई मात्रै रुदै भिजाईरहेको छ ।

आज एक्लै हुदा हामी दुईलाई मिलाउने झरी पनि एक्लै परेको छ
माया र ईष्र्या दुबै बोकि हामी दुइलाई खोज्दै छ
एक्लै हुदाको पीडा आज दुई मिलि बाढिरहेको छ
कतै तीमि फर्केर आउछौ कि भनि यो झरी,
अनि तीम्रो मुटु कुरि रहेको छ।

झरी परेको दिन हामीलाई,
हामिले ओडने त्यो छाताले सम्झिन्छ
हामी हिडने मुलबाटोले सम्झिन्छ
हामी बस्ने चौतारिले सम्झिन्छ।
त्यो भन्दा बढी मेरो मनले तिमिलाइ सम्झिन्छ।.


Writer: Saroj Poudel

0 Comments